Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्से दोहोरो अङ्कले घट्यो

नेप्से दोहोरो अङ्कले घट्यो

  • बिहिवार, माघ २७ २०७८

  • 693
    SHARES

  • नेप्से दोहोरो अङ्कले घट्यो

    काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार जसो घटिरहेको बजार बिहीबार ११ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय १.५६ अंकमा झरेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको छ ।

    कारोबार रकममा भने बुधबारको तुलनमा बिहीबार झिनो सुधार देखियो । बुधबार ३ अर्ब ४९ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

    बिहीबार कारोबार भएका २२७ कम्पनीहरु मध्ये अधिकांश गुमाउँदा केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।

    सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा व्यापार समूहमा रहेका कम्पनीहरु देखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।


    बिहिवार, माघ २७ २०७८०३:४८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij