Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले बजेटको आकार घटायो, साढे ८६ अर्ब खर्च नहुने

सरकारले बजेटको आकार घटायो, साढे ८६ अर्ब खर्च नहुने

  • बिहिवार, माघ २७ २०७८

  • 656
    SHARES

  • सरकारले बजेटको आकार घटायो, साढे ८६ अर्ब खर्च नहुने

    काठमाडौं । सरकारले अर्धवाषिर्क समीक्षामार्फतबाट बजेटको आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो ।

    अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।

    अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ ।

    यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुशको विनियोजनको ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।

    समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट प्रणाली मै समस्या रहेको बताए । बाँकी अवधिमा कार्ययोजना बनाएर काम उनको भना इछ । यो नयाँ अनुमानमा निर्वाचन खर्च, कोभिड खोप, अनिवार्य दायित्वलाइ यथावत राखिएको उनले बताए ।


    बिहिवार, माघ २७ २०७८०३:१४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij