Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु

नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु

  • बिहिवार, माघ २७ २०७८

  • 757
    SHARES

  • नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु

    काठमाडौँ । नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो ।

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुग्नुभएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुवात गरिएको छ ।

    दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इन्रोल्मेण्ट गरेको छ । राजदूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको जनाएको छ ।


    बिहिवार, माघ २७ २०७८१०:२६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij