Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

सवारी साधनमा मनोमानी भाडा असुल्ने गरिएको भन्दै नेविसंघको ध्यानाकर्षण

सवारी साधनमा मनोमानी भाडा असुल्ने गरिएको भन्दै नेविसंघको ध्यानाकर्षण

  • बुधवार, माघ २६ २०७८

  • 1.2K
    SHARES

  • सवारी साधनमा मनोमानी भाडा असुल्ने गरिएको भन्दै नेविसंघको ध्यानाकर्षण

    काठमाडौँ । काठमाडौँ उपत्यकामा चल्ने लामो तथा छोटो दुरिको यातायातहरुमा सवारी धनी तथा चालकहरुले मनोमानी ढंगले भाडा असुल्ने गरेको भन्दै नेपाल विधार्थी संघ रत्नराज्यलक्ष्मी क्याम्पसका विधाथीहरुले महानगरीय ट्राफिक प्रहरीलाई ज्ञापन पत्र बुझाएका छन् । 

    बुधवार(आज) नेविसंघ रत्नराज्यलक्ष्मी क्याम्पसका सभापति सन्जिव ढकालको नेतृत्वमा गएको विधार्थीहरुको समुहले ४ बुँदे ज्ञापन पत्र बुझाउँदै आम जनमानस तथा विधार्थीहरुले खेप्दै आएको सास्तीप्रति ध्यानाकर्षण गराएको छ ।

    ज्ञापन पत्रमा भनिएको छ,‘आम विधार्थीहरुको आन्दोलनबाट प्राप्त अधिकारको प्रत्याभुति पुर्ण रुपले दिलाउनलाई यस महानगरीय ट्राफिक प्रहरी महाशाखाले यथाशीघ्र पहल कदमी चाल्ने छ भन्नेमा पुर्ण विश्वास लिएका छौँ।’

    सवारी धनीहरु तथा चालकहरुले मनोमानी ढंगले भाडा असुल्ने, आरक्षण सिटको दुरुपयोग गर्ने, यात्रीहरुलाई अभद्रव्यवहार गर्ने समयको पालना नगर्ने जस्ता कार्यहरु गरिरहेकाले त्यसको नियमन तथा अनुगमन चुस्त ढंगले गर्न नेविसंघ रत्नराज्यलक्ष्मी क्याम्पसका सभापति ढकालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ध्यानाकर्षण गराइएको छ ।

    यस्ता छन् ४ बुँदे माग:
    १. सार्वजनिक यातायात भाडामा विधार्थीहरुले पाएको ४५ प्रतिशत भाडादर छुट अनिवार्य लागू गर्नु पर्ने ।
    २. सार्वजनिक यातायातमा हुने दुव्र्यवहार अन्त्य गर्नु पर्ने ।
    ३. मनोमानिरुपले असुल गरिदैँ आएको भाडा नियन्त्रण गर्दै लिस्ट अनिवार्य रुपमा राख्नु पर्ने ।
    ४. सार्वजनिक यातायातको राक्ने समयको निश्चितताको पालना अनिवार्य रुपमा गर्नु पर्ने ।

    bigyapti RR clz.jpg


    बुधवार, माघ २६ २०७८०३:५०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij