Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

मधेश प्रदेशमा स्थानीय निर्वाचन असोजमा गरौं : लोसपा

मधेश प्रदेशमा स्थानीय निर्वाचन असोजमा गरौं : लोसपा

  • बुधवार, माघ २६ २०७८

  • 493
    SHARES

  • मधेश प्रदेशमा स्थानीय निर्वाचन असोजमा गरौं : लोसपा

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न माग गरेको छ । सरकारले सोमबार स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ ।

    अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ । यसले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने लोसपाको जिरिक छ ।

    संविधानले दिएको स्थानीय जनप्रतिनिधिको ५ वर्षे पदापधिको अधिकार कुण्ठित गर्न नहुने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलको भनाइ छ । जेठमै स्थानीय तहको निर्वाचन गर्दा मधेश प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती हुने भन्दै यो अधिकार कसैलाई नरहेको बताउनुभयो ।

    २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । मधेश प्रदेशमा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो ।


    बुधवार, माघ २६ २०७८०२:४४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij