Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

तात्यो चुनावी माहोल, गठबन्धन बलियो कि एमाले ?

तात्यो चुनावी माहोल, गठबन्धन बलियो कि एमाले ?

  • सोमवार, माघ २४ २०७८

  • 942
    SHARES

  • तात्यो चुनावी माहोल, गठबन्धन बलियो कि एमाले ?

    काठमाडौँ – आगामी वैशाख ३० गते देशैभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको प्रमुख विपक्षी नेकपा एमालेले स्वागत गरेको छ । अब स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मेवारी सरकारले पूरा गर्नुपर्ने एमालेले बताएको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगको सुझावका आधारमा सरकारले ३० वैशाखमा चुनाव गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    ०७४ मा वैशाख, असार र असोज गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएकोले कुन मितिबाट जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुगेको मान्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भने जेठ ५ भित्रै निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने सुझाव सरकारलाई दिएबमोजिम चुनावको मिति घोषणा गरिएको हो ।

    एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूहरुको दबाबपछि मात्रै चुनावको मिति घोषणा गरिएको भए पनि सरकारको यो कदम स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । अब स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनुपर्ने उहाँले बताउनुभयो ।

    सत्ता गठबन्धनमा रहेका दलहरुले आगामी निर्वाचनमा गठबन्धन गरेरै एमालेसँग प्रतितस्पर्धा गर्ने तयारी गरेका छन् । उपाध्यक्ष नेम्वाङले गठबन्धनसँग चुनाव लड्न एमाले तयार रहेको बताउनुभयो । आफूहरुले निर्वाचनको परिणाम भन्दा पनि संविधानको पालनाको विषयलाई महत्व दिने उहाँले बताउनुभयो ।

    सरकारले मिति घोषणा गरेसँगै चुनावको माहोल पनि तातेको छ । निर्वाचन आयोग पनि चुनावको तयारीमा होमिएको छ । आयोगले आजै स्थानीय तहहरुसँग चुनावमा आवश्यक भौतिक सामग्रीको विवरण मागेको छ ।

    यस्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि भोलिदेखि बन्द गर्ने भएको छ । केही दिनमै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी पनि आयोगले गरेको छ ।


    सोमवार, माघ २४ २०७८०७:५१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij