काठमाडौँ – नेपाली लोकदोहोरी गीत ‘खोजे पनि जहाँ’ डिजिटल बजारमा सार्वजनिक भएको छ । इन्द्र जिसी र सुशीला पोखरेल चौलागाईंको स्वरमा सजिएको गीत आइतबार बजारमा आएको हो ।
गीतमा गायक जिसीले नै संगीत भरेका छन् । हुमु गैरेले निर्देशन गरेको गीतमा कलाकार दीपक जोशी र गायिका चौलागाईंको अभिनय हेर्न सकिन्छ ।
गीतको भिडियो छायांकन केशव विश्वकर्माले गरेका हुन् । प्रणय दिवसको सेरोफेरोमा सार्वजनिक भएको माया प्रेम सम्बन्धी गीतले राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।
गायिका चौलागाईं रेडियोकर्मी पनि हुन् । उनका यसअघि पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।