राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै प्रधानमन्त्री निवास बालुवाटार फर्किनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गर्न लागेको संकेत पाएपछि अध्यादेश रोक्न उहाँ राष्ट्रपतिलाई भेट्न जानु भएको बताइएको थियो । अध्यक्ष प्रचण्डले अहिले प्रधानमन्त्री ओलीलाई भेटेर छलफल गर्न लाग्नु भएको जनाइएको छ ।
अध्यादेश जारी गर्नु परेमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नु पर्ने व्यवस्था रहेको छ । आजै संसद अधिवेशन अन्त्य भएको घोषणा भइसकेकाले अध्यादेश जारी गर्नका लागि सरकारले अधिवेशन अन्त्य गराएको आशंका गरिदै आएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टी विभाजन सम्वन्धी अध्यादेश जारी गर्न लागेको र प्रचण्ड लगायतका नेताहरुले त्यसलाई रोक्न लागेको दावी गरिएको छ । नेकपाका शिर्ष नेताहरुले सामुहिक रुपमा प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो ।
असन्तुष्ट नेताहरुले आफुना विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउने प्रयास गरेको निश्कर्ष निकालेर प्रधानमन्त्री ओलीले पछिल्ला कदम चाल्नु भएको बताइएको छ ।