Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गाँजा खेती र प्रयोगबारे गृह मन्त्रालयले मापदण्ड बनाउँने

गाँजा खेती र प्रयोगबारे गृह मन्त्रालयले मापदण्ड बनाउँने

  • सोमवार, माघ २४ २०७८

  • 568
    SHARES

  • गाँजा खेती र प्रयोगबारे गृह मन्त्रालयले मापदण्ड बनाउँने

    काठमाडौं – गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए ।

    गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ ।

    गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ ।

    कार्ययोजना अनुसार ६ महिनापछि गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशिला तयार हुने मन्त्रालयका सहसचिव डा।भीष्मकुमार भुषालले बताए ।

    विश्वका ७ मुलुकमा गाँजालाई नियन्त्रित रुपमा खेती गर्न अनुमति दिइएको छ । औषधिजन्य प्रयोगका लागि गाँजा खेतीका लागि अनुमति दिन गृहले ‘अवधारणापत्र’ मन्त्रिपरिषद्मा पेश गरिसकेको छ ।

    लागु औषध नियन्त्रण ऐन–२०६३ ले पनि नियन्त्रित रुपमा गाँजाको खेती र प्रयोग गर्न नरोकेको सहसचिव भुसालले बताए । 


    सोमवार, माघ २४ २०७८०३:३१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij