Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

  • सोमवार, माघ २४ २०७८

  • 538
    SHARES

  • बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

    काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबीच झडप भएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

    झडपमा परी पाँच जना अनेरास्ववियुका नेता कार्यकर्ता घाइते भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यामराज पाण्डेले जानकारी दिए ।

    झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।


    सोमवार, माघ २४ २०७८०२:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij