Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

  • सोमवार, माघ २४ २०७८

  • 836
    SHARES

  • कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

    काठमाडौँ । कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार(आज) महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।

    देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ ।

    पूर्वसहमहामन्त्री महत यसअघि मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको महामन्त्रीका प्रतिस्पर्धी थिए । उनलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । विधानअनुसार सभापतिले पार्टीको प्रवक्ता नियुक्त गर्न पाउने व्यवस्था छ । त्यहीअनुसार देउवाले पार्टीको प्रवक्तामा महतलाई नियुक्त गरेका हुन् ।

    देउवाका परराष्ट्र र आन्तरिक राजनीतिका रणनीतिक सहयोगीसमेत रहेका महत पूर्वपरराष्ट्रमन्त्री समेत हुन् ।


    सोमवार, माघ २४ २०७८१२:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij