काठमाडौँ । मन्त्रिपरिषद्को नियमति बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो ।
आजको बैठकबाट आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफलमा आजको मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने जानकारी गराउनुभएको थियो ।
यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको छ ।