Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

आज स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी

आज स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी

  • सोमवार, माघ २४ २०७८

  • 859
    SHARES

  • आज स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी

    काठमाडौँ । सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो । आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अबको क्याबिनेटले मिति घोषणा गर्ने बताउनुभएको हो ।

    सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि मन्त्रिपरिषद्को अब बस्ने बैठकले निर्वाचन मिति घोषण गर्ने बताउनुभएको छ । यद्यपि आज क्याबिनेट बस्ने÷नबस्नेबारे भने आफूले सूचना पाइनसकेको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताउनुभयो ।

    निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको र पाँच दलीय सत्तारुढ गठबन्धनभित्र पनि करिब सहमति भइसकेको बताइएको छ ।


    सोमवार, माघ २४ २०७८०७:२३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij