काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई नहटाए सभामुखले राजीनामा दिनुपर्ने अडान राखेको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडसँगको छलफलमा सभामुखले निर्णय सच्याउनुपर्ने नभए मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेको एमालेका महासचिव शंकर पोखरेलले उनले बताए ।
छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र पोखरेल सहभागी थिए ।
“दलले कारबाही गरेकालाई राखेर संसद् चलाउने कुरामा हाम्रो असहमति छ , त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ ,” उनले भने ।
सदनमा प्रतिपक्षीको उपस्थिति गराउन सत्ता पक्षले पहल गर्नुपर्ने उनको भनाइ थियो । एमालेले माधव नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै सदन अवरोध गर्दै आएको छ ।