Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग सभामुखको आग्रह

संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग सभामुखको आग्रह

  • आइतवार, माघ २३ २०७८

  • 1.1K
    SHARES

  • संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग सभामुखको आग्रह

    काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूमार्फत यस्तो आग्रह गरेका हुन् ।

    प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठक अघि सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच भेटवार्ता भएको हो ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच झण्डै एक घण्टा छलफल भएको थियो ।

    छलफलको क्रममा कानुनमन्त्रीले सभामुख सापकोटाको आग्रहलाई प्रधानमन्त्री समक्ष पुर्‍याउने जवाफ दिँदै संसदको विजनेशका विषयमा जानकारी लिएका थिए ।

    अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० को सम्बन्धमा सभामुख सापकोटाको धारणाबारे मन्त्री बडूले जानकारी लिएका थिए ।

    एमसीसीबारेको जिज्ञासमा सभामुख सापकोटाले राजनीतिक दलहरु मिल्दामा मेरो केही नलाग्ने भन्दै आफ्नो पहिलो प्राथमिकता भनेको संसदको अवरोध हटोस् भन्ने रहेको बताएका थिए ।


    आइतवार, माघ २३ २०७८०५:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij