Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

फागुन १ देखि रेल संचालनमा आउने

फागुन १ देखि रेल संचालनमा आउने

  • शनिवार, माघ २२ २०७८

  • 703
    SHARES

  • फागुन १ देखि रेल संचालनमा आउने

    काठमाडौं। जयनगर–कुर्था रेलमार्ग आउँदो फागुन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । फागुनदेखि औपचारिक उद्घाटन नभएसम्म दैनिक एकपटक रेल चलाउन लागिएको हो ।

    यात्रुको चाप पहिचान गर्न, अतिक्रमित जग्गा खाली गराउन र दैनिक लागत पत्ता लगाउनका लागि रेल सञ्चालन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

    रेल सेवाको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने भनिएको छ । तर, यकिन मिति अहिलेसम्म तय भएको छैन ।

    “कतिपय ठाउँमा रेलवे लिकमै हाटबजार लगाइएको छ, त्यो खाली गराउन । यात्रुको चाप कत्तिको छ, आम सर्वसधारणमा रेल चल्ने सन्देश दिन र लागत पत्ता लगाउने उद्देश्यले रेलवे सञ्चालन गर्न लागेका छौँ,” उनले भने ।

    ६० कर्मचारी तयारी अवस्थामा छन् । २६ भारतीय र ३४ नेपाली कर्मचारीले काम गर्नेछन् । १४ भारतीय कर्मचारी नेपाल आइसकेका छन् । नेपाली कर्मचारीहरूलाई उनीहरूले नै तालिम दिएका छन् । प्रमुख कामको जिम्मा भारतीय कामदारलाई दिइएको छ ।

    प्यालट, लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट गरी तत्काल करिब ६० कर्मचारीले काम गर्नेछन् । प्रत्येक स्टेसनमा एकरएक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारीहरू नियुक्त गरिएको छ ।

    जनकपुरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर रेल सञ्चालन गरिँदा दैनिक २८० लिटर डिजेल लाग्ने अनुमान गरिएको छ । सर्भिसिङ भारतको सोनपुरमा हुने बताइएको छ ।

    ०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।


    शनिवार, माघ २२ २०७८०५:०७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij