Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सबै नागरिकमा कोरोना खोपको पहुँच पुर्‍याउन कार्ड अनिवार्य गरेको सरकारको स्पष्टीकरण

सबै नागरिकमा कोरोना खोपको पहुँच पुर्‍याउन कार्ड अनिवार्य गरेको सरकारको स्पष्टीकरण

  • शनिवार, माघ २२ २०७८

  • 607
    SHARES

  • सबै नागरिकमा कोरोना खोपको पहुँच पुर्‍याउन कार्ड अनिवार्य गरेको सरकारको स्पष्टीकरण

    काठमाडौं । सरकारले कारोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिडविरुद्धको खोप लिन नागरिक नआउने क्रम बढेपछि सरकारले उनीहरूलाई खोपको दायरामा ल्याउन यस्तो नीति लिनु परेको बताइन् ।

    प्रवक्ता मिश्रले यस्तो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको दाबीसमेत गरिन् । सरकारले लिएको यो नीति नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको उनको भनाइ छ ।

    सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिडविरुद्धको खोप केन्द्रको व्यवस्था गरेर सरकारले खोप लिन सहज गराएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता मिश्रले इम्यूनिटी रेसपोन्स गर्न सहज हुने भएकाले जुनसुकै खोप लगाएका नागरिकहरूले पनि बुष्टर खोपको लागि फरक खोप लगाउन पाउने गरी पछिल्लो निर्णय आएको बताइन् ।

    कोभिडको ‘रिसर्च’ र ‘डाटा’ दैनिक चेन्ज हुने भएकाले यसका निर्णयहरू पनि नेपाल सरकारले परिवर्तन गरिरहनु परेको सरकारको स्पष्टीकरण छ ।

     


    शनिवार, माघ २२ २०७८०१:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij