Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वडा सदस्य महर्जनले दुईलाख घुस लिएको अख्तियारको दाबी, विशेष अदालतमा मुद्दा दायर

वडा सदस्य महर्जनले दुईलाख घुस लिएको अख्तियारको दाबी, विशेष अदालतमा मुद्दा दायर

  • शुक्रवार, माघ २१ २०७८

  • 611
    SHARES

  • वडा सदस्य महर्जनले दुईलाख घुस लिएको अख्तियारको दाबी, विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडासदस्यले वसन्त महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीबाट दुई लाख घुस लिएको पाइएपछि मुद्दा दायर गरिएको हो ।

    महर्जनविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिबाना र कैद सजाय हुन मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

    अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो रकम घुस लिएको अवस्थामा महर्जनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

    अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि महर्जनले दुईलाख घुस लिएको अख्तियारले जनाएको छ ।


    शुक्रवार, माघ २१ २०७८०३:०८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij