Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीद्धारा पदभार ग्रहण

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीद्धारा पदभार ग्रहण

  • बिहिवार, माघ २० २०७८

  • 801
    SHARES

  • प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीद्धारा पदभार ग्रहण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् ।

    सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन सफलताको शुभकामना पनि दिए ।

    प्राधिकरणमा ११ औं तहमा रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको हो । उनी चार वर्षका लागि सरकार प्राधिकरणको महानिर्देशक बनाएको हो ।

    कार्यक्रममा उपमहानिर्देशक भोला गुरागाईं, प्रेमनाथ ठाकुर, देवचन्द्र लाल कर्ण, हन्शराज निरौला लगायतले उनलाई सहकार्यको प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले गौतमबुद्ध विमानस्थलको सञ्चालन, नयाँ विमानस्थलहरुको निर्माण, सेफ्टी अडिटमा समेत सफलताको शुभकामना दिए ।

    कर्मचारी युनियनको तर्फबाट श्रवणकुमार यादवले सबै कर्मचारीले महानिर्देशकलाई साथ दिने बताए ।


    बिहिवार, माघ २० २०७८०३:२०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij