Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंकामा अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंकामा अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

  • बिहिवार, माघ २० २०७८

  • 1.1K
    SHARES

  • रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंकामा अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

    काठमाडौं । युक्रेनलाई लिएर रुससँग तनाव उत्कर्षमा पुगेको बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ ।

    राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

    रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंका गर्दै अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाउन लागेको हो ।

    उत्तरी क्यालिफोर्नियाको फोर्ट ब्रागमा रहेका करिब दुई हजार सैनिक पोल्याण्ड र जर्मनीमा तैनाथ गरिने छन् । त्यस्तै, हाल जर्मनीमा रहेका एक हजार अमेरिकी सैनिकलाई रुमानिया पठाइने छ ।

    थप ८ हजार सैनिकलाई पनि युरोप पठाउन तयारी अवस्थामा राखिएको पनि पेन्टागनले जनाएको छ ।

    रुसका एक लाख भन्दा बढी सेनाले युक्रेनलाई तीन तिरबाट घेरा हालेर बसेका छन् । युक्रेनको सीमानामा रुसी सैनिकको यो तैनाथीलाई नेटो गठबन्धनले युक्रेनमाथि आक्रमणको तयारीको रुपमा ब्याख्या गरेका छन भने रुसले आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

    युरोपमा नेटोको विस्तार रोक्ने उद्देश्य रुसको रहेको बताइएको छ । युरोपमा तैनाथ हुने अमेरिकी सैनिक युक्रेनमा युद्ध भई हाले पनि युद्धमा सहभागी नहुने तर गठबन्धनको रक्षाका लागि काम गर्ने अमेरिकी तर्क रहेको छ ।


    बिहिवार, माघ २० २०७८०२:२७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij