Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गठबन्धनले देशलाई विनाशतर्फ धकेल्यो : ओली

गठबन्धनले देशलाई विनाशतर्फ धकेल्यो : ओली

  • बुधवार, माघ १९ २०७८

  • 427
    SHARES

  • गठबन्धनले देशलाई विनाशतर्फ धकेल्यो : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाएका छन् । वर्तमान सरकारलाई देशको चिन्ता नभएको भन्दै उहाँले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको टिप्पणी गर्नुभएको हो ।

    ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ’, आज पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ देशलाई आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’

    जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको उहाँको आरोप छ ।

    साथै अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताउनुभएको छ । उहाँले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो ।

    ‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

    आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेपनि सत्तारुढ गठबन्धनभित्र यसबारे ठोस सहमति नजुट्दा निर्वाचनको मिति तोकिएको छैन ।


    बुधवार, माघ १९ २०७८०३:००:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij