Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गठबन्धन कुनै पनि हालतमा टुट्दैन : माधव नेपाल

गठबन्धन कुनै पनि हालतमा टुट्दैन : माधव नेपाल

  • बुधवार, माघ १९ २०७८

  • 419
    SHARES

  • गठबन्धन कुनै पनि हालतमा टुट्दैन : माधव नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुटने बताउनुभएको छ । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले गठबन्धन नफुट्ने दाबी गर्नुभएको हो ।

    ‘पाँच दलीय गठबन्धन निर्माण गरेका छौं । दिन दिन पत्रिका हेर्नु भएको होला, विभिन्न कुरा आइरहेका छन्,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यसमा कुनै सत्यता छैन । गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन सक्ने वाला छैन ।’

    भर्खरै मात्रै आफू, माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री देउवाबीच छलफल भएको उहाँले बताउनुभयो । ‘पत्रपत्रिकामा आएका समाचारका बारेमा पनि हामीले छलफल ग¥यौं । सत्यतथ्य के हो भनेर छलफल भयो । ती सबै मनगढन्ते कुरा हुन्,’ नेपालले भन्नुभयो, ‘हामीले गठबन्धनलाई कायम राखेर अघि बढ्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छौं ।’

    पछिल्लो पटक अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीको बिषयलाई लिएर गठबन्धन टुट्न सक्ने टिक्काटिप्पणी हुँदै आएका छन् ।


    बुधवार, माघ १९ २०७८०२:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij