Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर परिसूचक २९ सय अंक नजिक, कारोबार रकम ६ अर्ब बढी

सेयर परिसूचक २९ सय अंक नजिक, कारोबार रकम ६ अर्ब बढी

  • मंगलवार, माघ १८ २०७८

  • 793
    SHARES

  • सेयर परिसूचक २९ सय अंक नजिक, कारोबार रकम ६ अर्ब बढी

    काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से २९ सय अंक नजिक पुगेको छ । मंगलबार १९.२९ अंक बढेसँगै परिसूचक २८९१ अंकमा पुगेको हो । परिसूचक मात्रै नभई कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज बढेर ६ अर्ब ५६ करोड पुगेको छ ।

    बैंकिङ ५, विकास बैंक ८१, फाइनान्स ३६, जलविद्युत १०९, लघुवित्त ४९, निर्जीवन बीमा ९१ र अन्य उपसमूह १ अंकले बढे । होटल तथा पर्यटन २, जीवन बीमा १३, व्यापार ५ तथा उत्पादन उपसमूह १३ अंकले घटे । १४८ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने ६ को स्थिर रह्यो ।

    विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । नेसनल हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबारका आधारमा क्रमशःअगाडि रहेका छन् ।


    मंगलवार, माघ १८ २०७८०४:३४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij