Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेद्धारा सचिवालय बैठक आह्वान

एमालेद्धारा सचिवालय बैठक आह्वान

  • सोमवार, माघ १७ २०७८

  • 1.2K
    SHARES

  • एमालेद्धारा सचिवालय बैठक आह्वान

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    त्यस्तै सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आजको बैठकमा आएको र ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने अर्का उपमहासचिव विष्णु रिमालले बताए ।

    बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने लगायतका तयारी रहेको छ । आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ ।


    सोमवार, माघ १७ २०७८०७:०२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij