Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चुनावको मिति तोक्न दवाव स्परुप देशैभर अभियान चलाउने एमालेको तयारी

चुनावको मिति तोक्न दवाव स्परुप देशैभर अभियान चलाउने एमालेको तयारी

  • सोमवार, माघ १७ २०७८

  • 826
    SHARES

  • चुनावको मिति तोक्न दवाव स्परुप देशैभर अभियान चलाउने एमालेको तयारी

    काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको छ ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आउँदो वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

    स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय गरिएको उनले बताए ।

    यस्तै, पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने निर्णय भएको उनले जानकारी दिए ।

    केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटिहरूलाई तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले बताए ।

    बैठकले सचिवालय बैठकमा पेस गर्ने एजेन्डा पनि तय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय गरिएको छ ।

    यसैगरी, १६ जिल्लाबाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरिएको भट्टराईले जानकारी दिए ।

    पार्टी विधानअन्तर्गत रहेर पार्टी सञ्चालनका लागि नियमावलीलाई अगाडि बढाउनुपर्ने भएकाले नियमावलीको ड्राफ्ट सचिवालय बैठकमा पेस गर्ने निर्णय पनि गरिएको छ ।

    जनसंगठन परिचालनको निर्देशिका, आर्थिक निर्देशिकालगायत पार्टीका आन्तरिक कामलाई व्यवस्थापन गर्नका लागि भएका कामहरूलाई सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको भट्टराईले बताए ।

    एमाले विधानमा महासचिव नेतृत्वको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।


    सोमवार, माघ १७ २०७८०४:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij