Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

संसदबाट सर्वसम्मतिले एमसीसी सम्झौता पारित गरौं : बाबुराम भट्टराई

संसदबाट सर्वसम्मतिले एमसीसी सम्झौता पारित गरौं : बाबुराम भट्टराई

  • सोमवार, माघ १७ २०७८

  • 446
    SHARES

  • संसदबाट सर्वसम्मतिले एमसीसी सम्झौता पारित गरौं : बाबुराम भट्टराई

    काठमाडौँ । सत्ता गठबन्धन सम्बद्ध दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्नुभएको छ ।

    एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन टुट्न नहुनेमा उहाँको जोड छ । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले सामाजिक संजाल ट्विटरमार्फत भन्नुभएको छ, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् ।’

    एमसीसी पारित नभए देशमा थप आर्थिक संकट उत्पन्न हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भन्दै सचेतसमेत गराउनुभएको छ ।

    पछिल्लो पटक पाँच दलीय सत्तारुढ गठबन्धनभित्र फेरि एमसीसीले प्रवेश पाएको छ । अधिकांश दल यसको विपक्षमा उभिँदा संसदबाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल हुँदै आएको छ ।


    सोमवार, माघ १७ २०७८०९:२०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij