Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वभर थपिए २० लाख ६५ हजार कोरोना संक्रमित

विश्वभर थपिए २० लाख ६५ हजार कोरोना संक्रमित

  • सोमवार, माघ १७ २०७८

  • 489
    SHARES

  • विश्वभर थपिए २० लाख ६५ हजार कोरोना संक्रमित

    काठमाडौँ । विश्वभर पछिल्लो पटक २० लाख ६५ हजार बढी कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो ।

    कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरमा उल्लेख भए अनुसार संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन् । गत २४ घण्टामा मात्रै १७ लाख २२ हजार सङ्क्रमण मुक्त भएका छन् ।

    यस्तै २४ घण्टामा ५ हजार ५ सय सङ्क्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ८१ हजार नाघेको छ । अझैपनि ७ करोड ३० लाख सक्रिय सङ्क्रमित रहेकामा ९४ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ ।


    सोमवार, माघ १७ २०७८०६:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij