Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

  • आइतवार, माघ १६ २०७८

  • 504
    SHARES

  • गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौैंको गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।

    आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुह्वेश्वरीमा निर्माण गरिएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, वनकाली, गुह्वेश्वरीलगायत क्षेत्रमा पुगेका थिए ।

    सो क्रममा उनले पशुपति क्षेत्रभित्र निकै विकृति देखिएको बताए । पशुपति विकास कोषका यसअघिका पदाधिकारीहरूले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अब यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।

    उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रीका लागि छुट्टै स्थान बनाइए पनि धर्मावलम्बीलाई अप्ठेरो हुने गरी सडकमा नै फूलमाला बिक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

    उनले पशुपति क्षेत्रमा निःशुल्क गाईपालनका लागि स्थान दिइएकोप्रति पनि आपत्ति जनाए ।


    आइतवार, माघ १६ २०७८०४:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij