Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको निर्वाचन जेठमा, देउवाको प्रतिवद्धतापछि प्रचण्ड र नेपालको यु–टर्न

स्थानीय तहको निर्वाचन जेठमा, देउवाको प्रतिवद्धतापछि प्रचण्ड र नेपालको यु–टर्न

  • शनिवार, माघ १५ २०७८

  • 629
    SHARES

  • स्थानीय तहको निर्वाचन जेठमा, देउवाको प्रतिवद्धतापछि प्रचण्ड र नेपालको यु–टर्न

    काठमाडौँ । पाँच दलीय सत्तारुढ गठबन्धनलाई फुट्न नदिने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिवद्धतापछि जेठभित्रै स्थानीय तहको निर्वाचन हुने भएको छ । चुनावमा गठबन्धन एक भएरै जाने प्रधानमन्त्री देउवाको आश्वासनपछि आजै साँझ दोस्रो पटक बसेको सत्ता गठबन्धनसम्बद्ध दलहरुको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको हो ।

    जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री देउवाले आजको पहिलो बैठकमा राखेको प्रस्तावबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि साँझ बालुवाटारमा कानुनविद्हरुसहित बसेको दोस्रो गठबन्धनको बैठकले सहमति जुटाएको हो ।

    अब निर्वाचन आयोगसँग थप छलफल गरेर निर्वाचनको मिति तोकिने सरकारका प्रवक्तासमेत रहनुभएका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । संविधानसँग बाझिएका निर्वाचन ऐन संशोधनका लागि पनि बैठकले सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो ।

    यसअघि निर्वाचन आयोगले ऐनअनुसार बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई पटक पटक ताकेता गर्दै आएको थियो । तर गठबन्धनभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल त्यसमा सकारात्मक थिएनन् । गठबन्धन नफुट्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धतापछि भने प्रचण्ड र नेपालले यु–टर्न लिएका हुन् ।

    अहिले आफूहरुप्रति जनमत कमजोर रहेको औल्याउँदै तत्काल निर्वाचनमा जान नचाहेको भनिएका एकीकृत समाजवादी अध्यक्ष नेपालले आफूहरु चुनावबाट नआत्तिएको र कहिल्यै भाग्न नखोजेको बताउनुभयो । उहाँले आफूहरु जुनसुकै बेला पनि चुनावको सामना गर्न तयार रहेको बताउनुभयो ।

    यता प्रमुख विपक्षी नेकपा एमाले भने बैशाखभित्रै निर्वाचन गर्नुपर्ने पक्षमा छ । विगतमा संघीय संसद्को ‘अर्ली इलेक्सन’लाई प्राथमिकता दिएको एमालेले अहिले भने पहिला स्थानीय चुनाव नै चाहेको हो । बैशाखमै स्थानीय चुनाव हुँदा सत्ता गठबन्धनमा गडबड हुने र त्यसको राजनीतिक फाइदा आफ्नो पार्टीलाई हुने एमाले नेताहरूको बुझाइ छ । एमालेले भ्रम पैदा गरेर गठबन्धन तोड्ने प्रयास गरिरहेको अध्यक्ष नेपालको आरोप छ ।

    नेपाली कांग्रेसभित्र चिर्वाचनसम्म गठबन्धन गरेर जाने वा नजाने भन्नबारे मतभिन्नता देखिँदा स्थानीय निर्वाचनबारे सत्तारुढ गठबन्धन अलमलमा थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार प्रधानमन्त्री देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गर्नुभएको थियो ।

    निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाउनुभएको हो ।


    शनिवार, माघ १५ २०७८०७:५७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij