Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमीत ओली सार्वजनिक कार्यक्रममा देखीएपछि चर्को आलोचना

कोरोना संक्रमीत ओली सार्वजनिक कार्यक्रममा देखीएपछि चर्को आलोचना

नागरिकको जीवनमा गम्भीर खेलबाड : विश्वप्रकाश शर्मा
  • शुक्रवार, माघ १४ २०७८

  • 546
    SHARES

  • कोरोना संक्रमीत ओली सार्वजनिक कार्यक्रममा देखीएपछि चर्को आलोचना

    काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताएका छन् ।

    कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो ।’

    एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनअघि कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो ।

    त्यसपछि ओलीको उक्त कदमको चर्को आलोचना भएको थियो । उनले सोही यहि ज्ञान र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि आफु पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको जानकारी गराएका छन् ।


    शुक्रवार, माघ १४ २०७८०१:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij