Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्त, के भयो छलफल ?

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्त, के भयो छलफल ?

  • शुक्रवार, माघ १४ २०७८

  • 857
    SHARES

  • देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्त, के  भयो छलफल ?

    काठमाडौं । आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको बेला माधव नेपाल पनि पुगेका थिए ।

    बैठक स्रोतका अनुसार आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ ।

    ऐनमा स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरे हुने उल्लेख छ ।


    शुक्रवार, माघ १४ २०७८१२:४१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij