Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो छलफल ?

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो छलफल ?

  • बिहिवार, माघ १३ २०७८

  • 673
    SHARES

  • प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो छलफल ?

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

    आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

    ‘एक घन्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भनेको छ ।
    स्थानीय चुनाव कहिले गर्ने भन्नेमा सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ। स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्षमा सत्तागठबन्धन पुगेका छन्।

    आज प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा कुराकानी भएको भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले खुलाएको छैन। भेटवार्तालाई नियमित भनिएको छ।


    बिहिवार, माघ १३ २०७८०४:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij