Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

देउवा, प्रचण्ड र माधवलाई गोकुल वास्कोटाको आरोपै आरोप

देउवा, प्रचण्ड र माधवलाई गोकुल वास्कोटाको आरोपै आरोप

  • बिहिवार, माघ १३ २०७८

  • 770
    SHARES

  • देउवा, प्रचण्ड र माधवलाई गोकुल वास्कोटाको आरोपै आरोप

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल वास्कोटाले चुनाव भएमा माओवादी र नेकपा एसको सिट शुन्य हुने भएकाले उनीहरुले चुनाव नचाहेको आरोप लगाउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले माओवादी र नेकपा एसले चुनाव नचाहेपनि काँग्रेस भने चुनावबाट भाग्न नहुनेमा जोड दिनुभयो ।

    समयमै निर्वाचन नगराएमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाका लागि पनि महंगो पर्ने उहाँले चेतावनी दिनुभयो ।
    नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एसले देशभरीको कुनै पनि वडामा एक्लै उठेर निर्वाचन जित्न नसक्ने ठोकुवा पनि उहाँले गर्नुभयो ।

    “नेकपा एसले एक्लै उभिएर कुन वडामा जित्दो रैछ लौ हेरौँ त,” एमाले नेता बास्कोटाले भन्नुभयो ।

    एमालेको नामबाट जितेकाहरु अर्कैतिर गएर भोट हालेकाले राष्ट्रिय सभामा गठवन्धनका उम्मेदवारहरु विजयी भएको उहाँको भनाई छ ।


    बिहिवार, माघ १३ २०७८०९:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij