Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन सार्ने प्रधानमन्त्री देउवाको चाहना छैनः रमेश लेखक

निर्वाचन सार्ने प्रधानमन्त्री देउवाको चाहना छैनः रमेश लेखक

  • बिहिवार, माघ १३ २०७८

  • 480
    SHARES

  • निर्वाचन सार्ने प्रधानमन्त्री देउवाको चाहना छैनः रमेश लेखक

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व कानुन मन्त्री रमेश लेखकले स्थानीय तहको निर्वाचन सार्ने चाहना प्रधानमन्त्री शेरबहादुर देउवाको नभएको दावी गर्नुभएको छ ।

    वैशाखमा गर्नुपर्ने निर्वाचन सार्ने गठवन्धनका अन्य दलहरुको प्रयासका कारण प्रधानमन्त्री देउवा अफ्टारोमा परेको उहाँको भनाई छ ।

    “निर्वाचन सार्ने काँग्रेसको चाहना हैन, तर गठवन्धनमा भएकाले केही वाध्यता परेको हुनसक्छ, यस बारेमा चाडै निर्णय हुन्छ,” नेता लेखकले नेपाली रेडियो नेटवर्कसँग भन्नुभयो

    उहाँले संविधान र ऐनमा खास समस्या नभएको दावी गर्दै बुझाइमा मात्रै फरक परेकाले अन्यौला देखिएको बताउनुभयो ।

    निर्वाचनमा काँग्रेस हार्ने अवस्थामा पनि काँग्रेसले धेरै पटक निर्वाचन गराएको उल्लेख गर्दै उहाँले अहिले त काँग्रेसले जित्ने माहौँल भएकाले निर्वाचन सार्ने पक्षमा काँग्रेस नभएको उहाँले दावी गर्नुभयो ।

    तर गठवन्धमा भएकाले चाहना फरक फरक भएकाले छलफल धेरै हुनुलाई अस्वभाविक रुपमा लिन नमिल्ने नेता लेखकको भनाई छ ।


    बिहिवार, माघ १३ २०७८०९:५१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij