Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
राष्ट्रिय सभा निर्वाचन

१८ सिट जितेको गठबन्धनसम्बद्ध नेताहरु भन्छन्–भाग्यले एमालेलाई एक सिट !

१८ सिट जितेको गठबन्धनसम्बद्ध नेताहरु भन्छन्–भाग्यले एमालेलाई एक सिट !

  • बुधवार, माघ १२ २०७८

  • 694
    SHARES

  • १८ सिट जितेको गठबन्धनसम्बद्ध नेताहरु भन्छन्–भाग्यले एमालेलाई एक सिट !

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य चयनका लागि आज सम्पन्न निर्वाचनमा प्रदेश १ मा बाहेक अन्य प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनले क्लिन स्विप गरेको छ । फागुन २० मा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचनमा सत्तरुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध क्लिन स्विप गरेको हो ।

    निर्वाचन अघि गठबन्धनसम्बद्ध नेताहरुले सबै ठाउँमा आफूहरुले जित्ने दाबी गर्दै आएका भएपनि प्रदेश एकमा भने एमालेले एक सिटमा बाजी मार्‍यो ।

    सार्वजनिक मतपरिणामअनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा एमाले विरुद्ध गठबन्धनले क्लिन स्विप गरेको हो । बाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन तर्फका उम्मेदवार एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र खुलातर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका छन् । एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवर र खुलातर्फका उम्मेदवार गोपाल शाक्यलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारले बाजी मारेका हुन् ।

    गण्डकीबाट पनि गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, खुला र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार लीला पोखरेल, अर्जुनकुमार सुनाम र पुण्यप्रसाद पौडेललाई पराजित गर्दै गठबन्धन सर्मथित उम्मेदवारहरुले बाजी मारेका हुन् ।

    यस्तै, लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । निर्वाचित हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा रहेका छन् । कर्णाली प्रदेशमा पनि यो क्रमले निरन्तरता पाएको छ । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा कर्णालीबाट निर्वाचित बनेका हुन् ।

    उता, सुदूरपश्चिम प्रदेशसमेत सत्तारुढ गठबन्धनकै उम्मेदवार बिजयी भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

    प्रदेश १ मा भने अल्पसंख्यक कोटाबाट पाँच दलीय गठबन्धनले बाजी मार्न सकेन । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै प्रमुख विपक्षी नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा जियी हुनुभयो । यसअघि आजै गठबन्धनसम्बद्ध दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले १९ सिट नै आफूहरुले जितने दाबी गरेपनि प्रदेश एकको एक सिटमा गठबन्धन चुक्यो । त्यो एमालेलाई भाग्यले साथ दिँदा विजयी भएको एकीकृत समाजवादीका नेता मेटमणि चौधरीको टिप्पणी छ ।

    प्रदेश एकमा खुलातर्फ भने नेता चौधरीले भनेजसरी एमाललाई भाग्यले साथ दिएन । एमालेका उम्मेदवार गुरु बराल र गठबन्धन तर्फबाट कांग्रेसका गोपाल बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइयो । त्यसक्रममा एमालेका उम्मेदवार बरालाई भाग्यले साथ नदिँदा बस्नेतले बाजी मार्नुभयो ।

    महिलातर्फ एमाले उम्मेदवार सावित्रा भण्डारीलाई हराउँदै गठबन्धनकी एकीकृत मसाजवादी नेतृ जयन्ती राई निर्वाचित हुनुभएको छ । यस्तै, मधेस प्रदेशबाट गठबन्धनकै नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् ।

    आज सम्पन्न राष्ट्रय सभा निर्वाचनमा १८ सिट पोल्टामा पारेको गठबन्धनलाई यही नतिजा आगामी निर्वाचनमा दोहो¥याउन यो सहकार्यले निरन्तरता पाउन जरुरी छ । यो गबठन्धन आगामी सबै निर्वाचनसम्म पुग्ने एकीकृत समावादीका नेता मेटमणी चौधरीले बताउनुभयो ।

    तर गठबन्धनको नेतृत्वको गरेको नेपाली कांग्रेसभित्र गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानेबारे मतैक्यता छैन । निर्वाचनमा एक्लै जाने चाहना भएपनि मुलुककै पूरानो लोकतान्त्रिक पार्टी कांग्रेस विगतको नतिजा दोहोरिन सक्ने भयले आतंकित छ । नेपाली कांग्रेसका नेता एनपी साउद ।

    आफूलाई कमजोर महसुस गरिरहेका गबन्धनभित्रका केही दलहरु यो सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा भएपनि गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा भने यसबारे फरक फरक मत जाहेर भइरहेका छन् । त्यसो त गठबन्धनले निरन्तारता नपाउने हो कि भन्ने केही संकेतहरु पनि देखिइरहेका छन् ।


    बुधवार, माघ १२ २०७८०८:२२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij