Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट गठबन्धनका सबै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट गठबन्धनका सबै उम्मेदवार विजयी

  • बुधवार, माघ १२ २०७८

  • 365
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट गठबन्धनका सबै उम्मेदवार विजयी

    काठमाडौँ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।

    राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा रहेका छन् । निर्वाचन कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।


    बुधवार, माघ १२ २०७८०४:४८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij