Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपालको दाबीः राष्ट्रियसभाका १९ वटै सिट गठबन्धनले जित्छ

माधव नेपालको दाबीः राष्ट्रियसभाका १९ वटै सिट गठबन्धनले जित्छ

अरु चुनावमा पनि यसले तरंग ल्याउँछ
  • बुधवार, माघ १२ २०७८

  • 856
    SHARES

  • माधव नेपालको दाबीः राष्ट्रियसभाका १९ वटै सिट गठबन्धनले जित्छ

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भएको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गर्नुभएको छ ।

    आज पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गर्नुभएको हो । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’

    संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उहाँले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिनुभयो ।

    ‘एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ,’ नेपालको भनाइ छ, ‘तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ । एकैपटक गर्दा यो खर्च जोगिन्छ । उम्मेदवारको पनि पैसा जोगिन्छ ।’ त्यसका निम्ति हामीले छलफल गरिरहेका छौं,’ उहाँले भन्नुभयो । उहाँले निर्वाचन कहिले गर्ने भन्ने विषयमा व्यापक छलफल भइरहेको बताउनुभयो ।


    बुधवार, माघ १२ २०७८०१:४७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij