Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनता समाजवादी पार्टीमा पुर्वप्रधानमन्त्री भट्टराई चौथो बरियतामा : नेता सुमन

जनता समाजवादी पार्टीमा पुर्वप्रधानमन्त्री भट्टराई चौथो बरियतामा : नेता सुमन

  • शनिवार, श्रावण २४ २०७७

  • 790
    SHARES

  • जनता समाजवादी पार्टीमा पुर्वप्रधानमन्त्री भट्टराई चौथो बरियतामा : नेता सुमन

    काठमाडौं । पुर्वप्रधानमन्त्री तथा तत्कालिन नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई नयाँ बनेको जनता समाजवादी पार्टीको चौथो बरियतामै पर्नुभएको छ ।

    केही दिनदेखि काठमाडौमा जारी केन्द्रीय समितिको बैठकमा उहाँको बरियताको विषयमा कुरा उठेपनि निर्णय हुन भने सकिरहेको छैन ।पार्टीका नेता मनिष सुमनले बैठकमा बरियताका विषयमा कुनै विवाद नरहेको नेपाली रेडियो नेटवर्कसँग दावी गर्नुभयो ।

    उहाँले पुर्वप्रधानमन्त्री भट्टराई आफ्नो पार्टीको शिर्ष नेता भएकाले बरियताको विषयमा समस्याको रुपमा नरहेको बताउनुभयो । नेता सुमनले पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई पछि डा बाबुराम भट्टराईको बरियता तय गरिएको स्मरण गराउनुभयो ।

    यसअघि पार्टी दर्ता गर्नेक्रममै उहाँलाई चौथो बरियतामा राखेर दर्ता गरिएको थियो । “पार्टीको बैठकमा धेरै विषयमा छलफल भएका छन्, तर विवाद नै भएको भने होईन, नेताहरुले हामीलार्य प्रशिक्षीत गर्नुभएको छ, उहाँले भन्नुभयो ।

    बैकठमा बोल्ने क्रममा नसकिएकाले बैठक आजै सकिने वा भोलीसम्म लम्बिने भन्ने एकिन भइनसकेको पनि उहाँले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । बैठकमा सामाजिक दुरी कायम गर्ने लगायतका अत्यावश्यक नियमहरु पालना गरिएको उहाँले बताउनुभयो ।


    शनिवार, श्रावण २४ २०७७०९:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij