Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिसँग छलफल गर्न प्रचण्ड पनि पुगे शितल निवास

राष्ट्रपतिसँग छलफल गर्न प्रचण्ड पनि पुगे शितल निवास

  • बिहिवार, आषाढ १८ २०७७

  • 910
    SHARES

  • राष्ट्रपतिसँग छलफल गर्न प्रचण्ड पनि पुगे शितल निवास

    काठमाडौं ।  नेकपाभित्रको सत्ता संघर्ष जटिल बन्दै गएका बेला पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास गएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद अन्त्य गर्न सिफारिस गरेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर प्रचण्डले ओलीसँग बालुवाटारमै भेटेका थिए।

    ओली(प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्। ओलीसँगको छोटो भेट सकाएर प्रचण्डले पार्टी सचिवालय सदस्यहरूसँग परामर्श गरे।

    लगत्तै उनी राष्ट्रपतिलाई भेट्न उनी शितल निवास गएका हुन्। संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल बढेको छ।


    बिहिवार, आषाढ १८ २०७७०३:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij