Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन सार्दा गठवन्धन जोगिएला, तर लोकतन्त्र धरापमा पर्छ: डा कोइराला

निर्वाचन सार्दा गठवन्धन जोगिएला, तर लोकतन्त्र धरापमा पर्छ: डा कोइराला

  • मंगलवार, माघ ११ २०७८

  • 1.1K
    SHARES

  • निर्वाचन सार्दा गठवन्धन जोगिएला, तर लोकतन्त्र धरापमा पर्छ: डा कोइराला

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले निर्वाचन सार्ने प्रयास मुलुकका लागि दुर्भाग्य र लोकतन्त्रका लागि हास्याप्रद भएको बताउनु भएको छ ।

    कस्ले जित्छ, कस्ले हार्छ भन्ने भन्दा पनि लोकतन्त्रले र नेपालले जित्छ की हार्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले बाहिर बाहिरकासँग छलफल गरेको, तर पार्टी भित्र नै छलफल नगरेकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।

    “देशका यस्ता महत्वपूर्ण र दिर्घकालिन असर पर्ने विषयमा उहाँले पार्टी भित्र पनि र खुल्ला रुपमा विज्ञहरुसँग छलफल गर्नुपर्छ,” नेता कोइरालाले नेपाली बहसमा भन्नुभयो । निर्वाचन सार्दा गठवन्धन जोगिएपनि लोकतन्त्र संकटमा पर्ने बताउदै उहाँले गठवन्धनभन्दा लोकतन्त्र ठूलो भएकाले लोकतन्त्र जोगाउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई काँग्रेसकै केही नेता र गठवन्धनका नेताहरुले ट्रयापमा पारेको नेता कोईरालाको भनाई छ । “हाम्रै पार्टीका केही नेता र गठवन्धनका नेताहरुले उहाँलाई ट्रयापमा पारेका छन्, उहाँलाई त्यहाँबाट निस्कन गाह्रो भएको होला, पार्टी भित्र सल्लाह गरे त ट्रयापबाट पार्टीले निकालिहाल्छ नी,” पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता कोइरालले भन्नुभयो ।

    नेताहरुले यस्तै वेइमान गर्नसक्छन भनेर संविधान लेख्ने बेलामा सवै निर्वाचनको मिति नै संविधानमा तोक्नुपर्ने आवाज उठेको उहाँले स्मरण गराउनुभयो । कम्युनिष्ट पार्टीमा इलेक्सन हुदैन, सेलेक्सन मात्रै हुन्छ, त्यसैले प्रचण्ड, माधव नेपालहरु निर्वाचनमा जान नखोज्नु स्वभाविक हो, उहाँले भन्नुभयो ।

    काँग्रेसका आम कार्यकर्ताहरु भने बैशाखमै निर्वाचन गर्नुपर्ने पक्षमा रहेको नेता कोईरालाले दावी गर्नुभयो ।


    मंगलवार, माघ ११ २०७८०८:३७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij