Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा पहिरो, १०० अंकले घट्यो परिसूचक

शेयर बजारमा पहिरो, १०० अंकले घट्यो परिसूचक

  • सोमवार, माघ १० २०७८

  • 928
    SHARES

  • शेयर बजारमा पहिरो, १०० अंकले घट्यो परिसूचक

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।
    सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका गतिविधिबाट शेयर बजार बढ्ने अनुमानका बीच यो साता दुई दिन नै बजार ओरालो लागेको हो । सोमबार कारोबार रकम समेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार भएको छ ।

    यसबाट लगानीकर्ताले अघिल्लो साता बढेको बजारबाट नाफा बुक गरि बाहिरिएको अनुमान गर्न सकिन्छ । सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २ सय ५ वटा कारोबार भयो । यो कारोबारबाट १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएको छ ।

    सोमबार सबै परिसूचक राताम्य रहृयो । यसमा पनि सबैभन्दा बढी वित्त, विकास बैंक र जलविद्युत उपसमुहका लगानीकर्ताले बढी गुमाए । उच्च अंकले घटेको बजारमा पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।

    ज्योती लाइफ इन्स्यूरोन्स र गुर्खाज फाइनान्सको समेत मूल्य बढेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्णा डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, आशा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटेललगायत रहेका छन ।


    सोमवार, माघ १० २०७८०३:३७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij