Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनः मौन अवधि आजबाट सुरु हुँदै, के–के गर्न पाईदैन ?

राष्ट्रियसभा निर्वाचनः मौन अवधि आजबाट सुरु हुँदै, के–के गर्न पाईदैन ?

  • आइतवार, माघ ९ २०७८

  • 548
    SHARES

  • राष्ट्रियसभा निर्वाचनः मौन अवधि आजबाट सुरु हुँदै, के–के गर्न पाईदैन ?

    काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु हुन लागेको जनाएको हो ।,

    मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।

    आयोगका अनुसार मौन अवधिको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन । यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

    उमेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ ।

    आयोगले निर्वाचनमा भाग लिने मतदाताहरूलाई मतदाता सूचीमा आफ्नो नाम भएरनभएको यकिन गर्न पनि अनुरोध गरेको छ ।

    जसका लागि आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचनमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग ‘क्रस भेरिफाइ’ गर्न अनुरोध गरिएको छ ।


    आइतवार, माघ ९ २०७८०२:४३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij