Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

  • आइतवार, माघ ९ २०७८

  • 584
    SHARES

  • एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गराएका थिए ।

    पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् । यसभन्दा अगाडि जोगिँदै आउनुभएका पूर्वप्रधानमन्त्री ओलीलाई कोरोना संक्रमण भएको पहिलो पटक हो ।

    अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ । अध्यक्ष ओली पछिल्लो समय सार्वजनिक कार्यक्रममा भने जानुभएको थिएन । आज एमालेको पत्रकार सम्मेलन हुने भनिएकोमा अध्यक्षलाई कोभिड संक्रमण भएपछि स्थगित भएको छ ।

    नेपालमा पछिल्लो कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


    आइतवार, माघ ९ २०७८११:०९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij