Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चीन र क्यानडाबीच अनौठो विवाद, ओमिक्रोन चिठ्ठीबाट बेइजिङ प्रवेश गरेको आरोप

चीन र क्यानडाबीच अनौठो विवाद, ओमिक्रोन चिठ्ठीबाट बेइजिङ प्रवेश गरेको आरोप

  • आइतवार, माघ ९ २०७८

  • 835
    SHARES

  • चीन र क्यानडाबीच अनौठो विवाद, ओमिक्रोन चिठ्ठीबाट बेइजिङ प्रवेश गरेको आरोप

    एजेन्सी । कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोन संक्रमणबारे चीन र क्यानडाबीच अनौठो विवाद सुरु भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले क्यानडाबाट पठाइएको संक्रमित चिठीबाट बेइजिङमा ओमिक्रोन प्रवेश गरेको दाबी गरेका छन् । तर, क्यानडाका स्वास्थ्य विज्ञहरूले यसलाई अस्वीकार गरेका छन् ।

    गएको सोमबार ‘द बेइजिङ सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ (बीसीडीसी) ले जारी गरेको ‘न्यूज रिलिज’मा क्यानडाबाट अमेरिका र हङकङ हुँदै पठाइएको अन्तर्राष्ट्रिय ‘मेल’का कारण त्यहाँ पहिलो संक्रमित भेटिएको दाबी गरिएको छ । उक्त चिठी गएको जनवरी ७ मा पठाइएको र जनवरी ११ मा प्राप्त भएको बीसीडीसीले जनाएको छ ।

    अनुसन्धान र प्राविधिक जाँचबाट उक्त चिठीमा ओमिक्रोन भेरियन्ट रहेको पाइएको चीनको दाबी छ । गएको शनिबार बेइजिङस्थित एउटा भवनमा राखिएका कामदारलाई नियमित जाँचको क्रममा एक महिला ओभिक्रोनबाट संक्रमित भएको पाइएको थियो ।

    आगामी महिना हुने हिउँदे ओलम्पिकअघि कोरोना संक्रमण फैलन नदिन चीनले कामदारहरूलाई तोकेको क्षेत्रबाहिर जान दिएको छैन । उनीहरू बसेकै स्थानमा लकडाउन गरेको छ । ती महिला संक्रमित भएको पाइनुभन्दा १४ दिनअघिसम्म अन्तर्राष्ट्रिय र राष्ट्रिय यात्रामा ननिस्किएको चीनको दाबी छ । ती महिलाले क्यानडाबाट आएको चिठी लिएको जनाइएको छ ।


    आइतवार, माघ ९ २०७८०६:२०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij