Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री शर्माको माग, अभिव्यक्तिमा तीन विकल्प प्रस्तुत

मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री शर्माको माग, अभिव्यक्तिमा तीन विकल्प प्रस्तुत

  • शनिवार, माघ ८ २०७८

  • 586
    SHARES

  • मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री शर्माको माग, अभिव्यक्तिमा तीन विकल्प प्रस्तुत

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

    गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

    मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनले मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्तिको निकासका लागि तीन विकल्पमा सुझाएका छन् । मन्त्री भूल स्वीकार र क्षमा याचना गर्नुपर्ने वा सम्बन्धित दलले नै राजीनामा माग्नुपर्ने कांग्रेस महामन्त्री शर्माको सुझाव छ ।

    मन्त्री यादवको अभिव्यक्तिलाई लिएर आलोचना भए पनि उनकै पार्टी जनता समाजवादी पार्टी ९जसपा०ले भने कुनै प्रतिक्रिया दिएको छैन । बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

    २०६३ चैत ७ गते रौतहटको गौरमा तत्काली नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जजअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए ।

    आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो । तत्कालीन फोरमको नेतृत्वमा जसपा अध्यक्ष उपेन्द्र यादव नै थिए । यादव नेतृत्वको जसपा अहिले सरकारमा छ ।


    शनिवार, माघ ८ २०७८०१:२७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij