Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित

आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित

  • शनिवार, माघ ८ २०७८

  • 393
    SHARES

  • आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित बनेको छ । औपचारिक रूपमा सर्वदलीय बैठक नबोलाइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

    शुक्रबार सम्पन्न गठबन्धनको बैठकमा यसबारे अनौपचारिक छलफल मात्र भएकाले आज बस्ने/नबस्नेबारे कुनै निर्णय नभएको उहाँनको भनाइ छ । सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि आज सर्वदलीय बैठक गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

    स्थानीय तह तथा अन्य निर्वाचन एवं समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न आज बिहान बैठक बस्ने भनिएको थियो । मन्त्री कार्किले आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाइने बताउनुभयो ।


    शनिवार, माघ ८ २०७८११:००:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij