Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरू

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरू

  • शुक्रवार, माघ ७ २०७८

  • 522
    SHARES

  • सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरू

    काठमाडौं – चुनावबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बसेको छ। आज अपरान्ह नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक सुरू भएको हो। गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिमा पौडेल संयोजक छन्।

    राजनीतिक समन्वय समितिको बैठक सुरू भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ। बैठकमा सत्तागठबन्धनका पाँच दलका दुई–दुई जना र एक मन्त्रीसहित ११ जना सहभागी छन्।

    वैशाखमा स्थानीय, संघीय र प्रदेशमध्ये कुन चुनाव गर्ने भन्ने छलफल गर्न आज बैठक बसेको हो। सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले संघीय चुनाव गरिनुपर्ने प्रस्ताव राखेका छन्।

    तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यसमा विरोध गर्दै स्थानीय तहको निर्वाचन पहिले गरिनुपर्ने बताइरहेको छ।


    शुक्रवार, माघ ७ २०७८०६:१२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij