Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह, दलीय सहमतिमा जोड

तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह, दलीय सहमतिमा जोड

  • शुक्रवार, माघ ७ २०७८

  • 917
    SHARES

  • तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह, दलीय सहमतिमा जोड

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

    पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । प्रचण्डको प्रस्तावका सम्बन्धमा उनले कुनै प्रतिक्रिया दिएनन् । तर, एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उनले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।

    दलीय सहमतिमा जोड

    संसदमा जारी रहेको अवरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    संविधान कार्यान्वयन, विस्तृत सम्झौताको बाँकी कार्य पूरा गर्ने र नागरिकताको समस्यालाई सरकारले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विचाराधीन सबै विषयमा सबै दलसँगको संवाद गरेर निष्कर्षमा पुगिने बताएका छन् ।


    शुक्रवार, माघ ७ २०७८०४:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij