Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको महामन्त्री थापाको भनाइ

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको महामन्त्री थापाको भनाइ

  • बिहिवार, माघ ६ २०७८

  • 576
    SHARES

  • संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको महामन्त्री थापाको भनाइ

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका बेला कांग्रेस महामन्त्री थापाले बिहीबार ट्विटमार्फत सो कुरा बताएका हुन् ।

    उनले ट्वीटमा भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन। अतः निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’

    असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकार भन्‍दै महामन्त्री थापाले सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनै पर्ने बताएका छन् । उनले भनेका छन्, ‘ कांग्रेस प्रष्ट छ, ‘असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।’


    बिहिवार, माघ ६ २०७८०३:१६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij