Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

  • बिहिवार, माघ ६ २०७८

  • 682
    SHARES

  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

    काठमाडौँ । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न बोलाइएको सत्ता गठबन्धन उच्चस्तरीय समन्वय समितिको बैठक स्थागित भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने तय भएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

    यसअघि गत मंगलबार पनि समितिको बैठक बसेको थियो । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको थियो । यद्यपि बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन गर्न आफूहरु सहमत भएको प्रतिक्रिया दिनुभएको थियो ।

    सो बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित भएकाले थप गृहकार्य गरेर फेरि बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आजको बैठकमा प्रचण्डको प्रस्तावबारे छलफल गरेर सरकारलाई निर्वाचन मितिबारे सुझाव दिने तयारी थियो ।

    निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ । तर सरकारले निर्वाचनको मिति घोषणा गर्न भने सकेको छैन ।


    बिहिवार, माघ ६ २०७८१२:५१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij